सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

फुकुसिमा आणविक दुर्घटनाको माटो व्यवस्थापन !

जापान सरकारले फुकुशिमा आणविक दुर्घटनापछि सरसफाइका क्रममा हटाइएको माटोको अन्तिम व्यवस्थापनस्थल खोज्ने प्रक्रिया तीव्र बनाउने योजना बनाएको छ । जापान सरकारका अनुसार मंगलबार यस्तो घोषणा गरिएको हो । सम्भावित स्थानहरूको छनोट सन् २०३० तिर सुरु हुने तय गरिएको छ ।

मंगलबार मन्त्रिपरिषद् बैठकमा पारित गरिएको आगामी पाँच वर्षको कार्ययोजनामा उल्लेख गरिएको छ कि, सरकारले प्रति किलोग्राम ८,००० बेकरल वा सोभन्दा कम रेडियोधर्मी सेसियम भएको माटोलाई सार्वजनिक निर्माण लगायतका परियोजनाहरूमा पुनः प्रयोग गर्ने योजना बनाएको छ ।

Bags containing radioactive soil, leaves and debris from decontamination work are dumped in front of a hill marked “Naraha” in Japanese in Naraha, Fukushima prefecture, Japan, February 11, 2016. Picture taken February 11, 2016. To match feature JAPAN-DISASTER/RETURN REUTERS/Toru Hanai – GF10000319445

“हामी सम्पूर्ण सरकारी प्रयासमार्फत यो प्रक्रिया अगाडि बढाउनेछौं,“ मन्त्रिपरिषद् प्रमुख सचिव योशिमासा हायाशीले बैठकमा भनेका छन ।

सन् २०११ मा शक्तिशाली भूकम्प र सूनामीले क्षति पु¥याएको फुकुशिमा दाइइचि आणविक ऊर्जा केन्द्रका तीन वटा रिएक्टरहरूमा इन्धन पग्लिएर विकिरण निस्किएको थियो । नजिकैका क्षेत्रहरूमा गरिएको सरसफाइका कारण धेरै मात्रामा प्रदूषित माटो सङ्कलन गरिएको हो ।

करिब १ करोड ४१ लाख घनमिटर प्रदूषित माटो र अन्य फोहर फुकुशिमा दाइइचि आणविक केन्द्र नजिकै रहेको अन्तरिम भण्डारणस्थलमा राखिएको छ ।

कानुनअनुसार यो माटो फुकुशिमा प्रान्तबाहिर सन् २०४५ मार्च भित्र सार्नुपर्ने भए पनि व्यवस्थापनस्थल फेला पार्ने प्रयासमा खासै प्रगति भएको छैन ।

सरकारी योजनाअनुसार, वातावरण मन्त्रालयमा यो शरद ऋतुतिर एक विशेषज्ञ समिति गठन गरिनेछ, जसले व्यवस्थापनस्थलका लागि आवश्यक प्राविधिक मापदण्डहरू अध्ययन गर्नेछ ।

माटो सुरक्षित रहेको देखाउने प्रयासस्वरूप, केही माटो यसै जुलाईमा प्रधानमन्त्री कार्यालयको आँगनमा छरिएको थियो, र आगामी सेप्टेम्बरदेखि विभिन्न मन्त्रालय तथा सरकारी निकायहरूका फूलबारीहरूमा पनि प्रयोग गरिनेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS