केपि ओली नरेन्द्र मोदिबिच चीनमा भेटघाट
चीनमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीबीच चीनमा भेट भएको छ । सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन २०२५ मा भाग लिन चीन पुगेका ओलीले आइतबार मोदीलाई भेटेका हुन् ।
मोदीले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलबाट ओलीसँग भेट भएको तस्बिर सार्वजिनक गरेका छन् । भेटमा दुबै देशका प्रधानमन्त्रीबीच लिपुलेकका बिषयमा कुरा भएको नभएको बिषयमा भने खुलाएका छैनन् ।
उनले तियानजिनमा नेपालका प्रधानमन्त्री ओलीलाई भेट्न पाउँदा खुसी लागेको बताएका छन् । नेपालसँग भारतको सम्बन्ध निकै गहिरो र विशेष भएको पनि भारतीय प्रधानमन्त्री मोदीले एक्समा उल्लेख गरेका छन् ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्