सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

धनुषामा करेन्ट लागेर एकजनाको मृत्यु

धनुषाको लालगढमा निर्माणाधीन घरमा करेन्ट लागेर एकजना कामदारको मृत्यु भएको छ ।

मिथिला नगरपालिका–१० लालगढका ४० वर्षीय राजकुमार श्रेष्ठको करेन्ट लागेर मङ्गलबार साँझ मृत्यु भएको हो ।

स्थानीय जानुका कार्कीको निर्माणाधीन घरमा वाइरिङको काम गरिरहेका श्रेष्ठलाई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS