सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

भारतलाई ‘पाकिस्तान घेराबन्दी’बाट रोक्ने ओली नीति

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘पाकिस्तानलाई घेराबन्दी गर्ने’ भारतीय नीतिको विरोध गरेका छन् । ओलीले सार्क, बिमस्टेक जस्ता संगठनलाई भारतीय स्वार्थ पूरा गर्ने साधन बनाउन खोजिएको भन्दै त्यसको विरोध गरेका हुन ।

बुधबारदेखि सुरु भएको एमालेको पोलिट ब्यूरो बैठकमा केपी ओलीले पेश गरेको १० पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा भारतले पाकिस्तानलाई घेराबन्दी गर्न खोजेको विश्लेषण गरिएको छ । नेपालले भारतीय स्वार्थ पूरा हुन नदिने ओलीको दस्तावेजमा स्पष्ट संकेत गरिएको छ ।

ओलीद्वारा प्रस्तुत प्रतिवेदनको छैठौं पृष्ठमा भनिएको छ–‘भारतको रुची सार्कलाई प्रभावकारी बनाउनुको साटो विमस्टेक तथा बीबीआइएन जस्ता उपक्षेत्रीय संगठनहरुलाई प्रोत्साहन गर्नेमा देखिएको छ । यसभित्र पाकिस्तानलाई सबैतिरबाट अलग गर्ने भारतीय उद्देश्य रहेको महसुस गर्न सकिन्छ ।’

एमाले अध्यक्ष ओलीले दस्ताबेजमा अगाडि भनेका छन–‘सार्क, बिमस्टेक जस्ता मञ्चहरुलाई ठूला मुलुकहरुको स्वार्थ साधनको माध्यम बन्नबाट रोक्ने दिशामा हरसम्भव प्रयाश गर्नुपर्छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS