सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

प्रधानमन्त्री ओलीद्वारा सर्वदलिय बैठक आव्हान

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक अपिल जारी गर्दै सर्वदलीय बैठक आव्हान गरेका छन् । अपिल जारी गर्दै प्रधानमन्त्रीले ‘हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दुखी छु’ भनेका छन् ।

कुनैपनि रुपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने परिपाटी नै अपनाउने विधि भएको उनले जारी गरेको अपिलमा उल्लेख गरेका छन् ।

उत्पन्न परिस्थितिको मूल्यांकन गर्न र सार्थक निस्कर्षको लागि संबद्ध पक्षसँग संवादमा रहेको उल्लेख गर्दै उनले आजै साँझ ६ बजे सर्वदलीय बैठक आव्हान गरेको बताएका हुन् ।

KP Sharma Oli

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS