सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

जेन जी प्रदर्शनकारीहरु छिरे सिंहदरबार भित्र

जेन जी प्रदर्शनकारी अहिले बालुवाटारस्थित प्रधानमन्त्री निवास पस्ने कोशिस गरिरहेका छन । प्रधानमन्त्री निवास वरपर पहिलो घेरामा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ भने दोस्रो तहमा सेनालाई तमतयार अवस्थामा राखिएको छ ।

प्रदर्शनकारीहरु बालुवाटारमा प्रधानमन्त्री केपि शर्मा ओली भएको र ओलीलाई जनकारबाही गरेरै छाड्ने भन्दै बलपुर्वक अगाडी बढ्ने कोशिस गरिरहेका छन् ।

उता भैँसेपाटीस्थित मन्त्रिनिवास प्रदर्शनकारीले आगो लगाएर खरानी बनाईदिएका छन् । मन्त्रिनिवासमा रहेका मन्त्रि र उनका परिवारलाई सेनाको हेलिकप्टरले ६ पटक गरेर सुरक्षित स्थानमा ओसारेको पाईएको छ । यो समाचार तयार पार्दासम्म मन्त्रि निवासमा कुनै पनि मानविय क्षति भएको छैन ।

त्यस्तै प्रदर्शनकारीहरु अहिले देशको प्रमुख कार्यकारी केन्द्र सिंहदरवार प्रवेश गरेका छन् । प्रदर्शनकारीले सिंहदरवारको मुल ढोका भत्काईसकेका छन् । सेनाले अश्रुग्याँस हानेपछी प्रदर्शनकारी केही पछाडी हटे पनि चारैतिरबाट सिंहदरबार घेरेका प्रदर्शनकारी मुल गेट भत्काएर भित्र प्रेवश गरेका हुन् ।

सोमबार जस्तो प्रहरीले प्रदर्शनकारीमाथी गोली प्रहार भने गरेको छैन । प्रहरीले रोक्ने व्यापक प्रयास गरे पनि प्रदर्शनकारीको दबाब थेग्न नसकेपछी पहरी पछाडी हटेको छ । प्रदर्शनकारीले नेताका घर, पार्टी कार्यालय र सम्पती छानिछानि आगजनी गरिरहेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS