प्रधानमन्त्री केपि शर्मा ओलीले दिए राजिनामा
प्रधानमन्त्री केपि शर्मा ओलीले पदबाट राजिनामा दिएका छन् । जेन जी आन्दोलन चर्किँदै गएपछी प्रधानमन्त्री ओलीले अन्तत; पदबाट राजिनामा दिएका छन् ।
ओलि सरकारका प्राय; सबै मन्त्रिहरुले यसअघि नै पदबाट राजिनामा दिईसकेका छन् । अहिलेको सरकार बिघटन गरी शक्तिशाली नागरिक सरकार गठनको माग उठेसंगै ओलीले प्रधानमन्त्रीबाट राजिनामा दिएका हुन् ।
ओलिले आफ्नो राजिनामामा भनेका छन्–‘हाल मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ ९१० क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु ।’









फेसबुकबाट कमेन्ट गर्नुहोस्