पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको घरमा आगजनी
पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका नेता नन्दबहादुर पुनको घरमा आगजनी भएको छ ।
प्रदर्शनकारीहरुले दहचोकस्थित पुनको घरमा आगजनी गरेका छन् ।
सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरुको छोराछोरीहरुको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेन जीहरुले सोमबारदेखि देशभर प्रदर्शन गरिरहेका छन् ।
प्रहरीको गोली लागेर सोमबार १९ जनाको मृत्यु भएपछि आज देशभर प्रदर्शन भएको छ ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्