सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

संबैधानिक निकास दिने कोशिसमा छु; राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर निकास दिनका लागि आफूले प्रयास गरिरहेको बताएका छन् । राष्ट्रपति पौडेलले एक वक्तव्य जारी गरेर यस्तो बताएका छन् ।

उनले वक्तव्यमा भनेका छन्–‘देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु ।’

जेनजी आन्दोलनकारीहरूले गरेको उग्र प्रदर्शनपछि राष्ट्रपति रामचन्द्र पौडेल शीतल निवासबाट नेपाली सेनाको सहयोगमा बाहिरिएका थिए ।

त्यसयता उनी भर्चुअल रुपमा भने देखिएका छैनन् । उनले वक्तव्य जारी गर्दै मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न समेत अपिल गरेका छन् ।

राष्ट्रपति पौडेलले विज्ञप्तिमार्फत भनेका छन्–‘आन्दोलनकारी नागरिकको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्दछु ।’

Ramchandra Paudel president

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS