अस्ताए देश बनाउँछु भनेर हिँडेका अभिषेक
शैलुङ गाउँपालिका–४ अभिषेक बुबा दिनेश र आमा रिता चौलागाईको परिवारका एक्ला छोरो हुन् । २१ वर्षीय अभिषेक कक्षा १२ को अध्ययन सकेर बसिरहेका थिए ।
चाँगुनारायण–१ मा जस्ताको टहरामा आश्रय लिइरहेका उनी भदौ २३ कलेज पोशकमै जेन-जीको आन्दोलनमा गएका थिए । सोही क्रममा संसद् भवन गोली लागेर उनी त्यही ढले । संयोग कस्तो भने उनका बुवा पनि पेशाले सुरक्षाकर्मी हुन् ।
परिवारको मियो जेन-जी आन्दोलनका रुपमा गोली लागेर विलाएपछि आम रिताको होस खुल्न सकेको छैन् । परिवारले उनको शव अन्तिम दाहसंस्कारका लागि पाउन सकिरहेको छैन ।

उनकी बहिनी दाई आउला भनेर पर्खिबसेको उनका काका विनोद चौंलागाईले बताए । परिवारमा सोच्नै नसकिने शोक परेको उनले बताए । देशमै केही गर्नुपर्छ भनेर उनले विदेश जाने कहिल्यै नभनेको उनका काका विनोद चौलागाईले बताए ।
‘हामीसँग कुरा गर्दा हालका नेताले केहि गर्न सकेनन्, हामी गर्नुपर्छ भन्थ्यो,’ उनले भने, ‘हामी गरेर देखाउँछौं, देशलाई नयाँ बनाउँछौं भन्थ्यो ।’
उनीसँग अध्ययन गरेका साथीहरु उच्च शिक्षाका लागि विदेशको तयारी गरिरहँदा उनी भने देशमै केही गर्ने सोचमा रहेको विनोदले बताए । सामान्य परिवारका उनी बुबाको राष्ट्रसेवकको जागरिका भरमा घरपरिवार चलिरहेको थियो ।
‘परिवारमा बज्रपात परेको छ, अभिषेककी आमा बेहोस अवस्थामा छिन्, सम्झाउन सकिरहेका छैनौं,’ उनले भने, ‘आँट भरोसा दिने कोही छैन्, टाउँकोमा गाली लागेका उनको शव विछिप्त अवस्थामा छ, त्यो पनि हामीले पाउन सकेनौं, राज्यले के गर्छ भोलीको कुरा हो शव परिवारलाई दिएको भए अन्तिम दाहसंस्कार गथ्यौं ।’








फेसबुकबाट कमेन्ट गर्नुहोस्