सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

अर्थमन्त्री खनालले तलबबाहेक अरु सुबिधा नलिने

जेन–जी आन्दोलनपछी गठित शुशिला कार्की प्रधानमन्त्री नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री अर्थशास्त्री डा. रामेश्वर खनालले मन्त्री भएबापत अतिरिक्त सुविधा नलिने घोषणा गरेका छन् ।

बालुवाटार निकट स्रोतका अनुसार, उनले निजी सुरक्षागार्ड (पीएसओ), सवारीसाधन लगायत सुविधा नलिने शर्त राखेरै मन्त्री पद स्विकार गरेका हुन् ।

बालुवाटार स्रोतले भन्यो, ‘तलब बाहेक अरु केही पनि सुविधा लिँदिनँ, नामका अगाडि माननिय लेख्न पाइँदैन भन्ने शर्त राख्नुभएको थियो । त्यसमा हाम्रो के नै विमति हुन्छ र ?’

खनालले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आर्थिक सल्लाहकार रहँदा पनि सरकारी सेवा सुविधा लिएका थिएनन् ।

खनाल केही समयअघि सरकारी खर्च कटौतीबारे सुझाव दिने समितिको नेतृत्वमा थिए । सार्वजनिक प्रशासन सुधार र मितव्ययी खर्चको वकालत गर्दै आएका खनाल इमान्दार छवि बनाएका पूर्वसचिवका रुपमा चिनिन्छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS