सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

‘प्रहरी हौं’ भन्दै धम्क्याएर फेरी सामुहिक बलत्कार

‘प्रहरी हौं’ भन्दै मोरङ बेलबारीका दुई व्यक्तिले किशोरीलाई सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । प्रेमीसँगै रहेकी बेलबारीकै १६ वर्षीया किशोरीलाई उनीहरूले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

किशोरीलाई बेलबारी ३ का ५२ वर्षीय शम्भुकुमार थापा र ४६ वर्षीय प्रेमबहादुर गुरुङले गत माघ २८ गते राति बलात्कार गरेका हुन् । २८ गते राति कोसी–हरैंचा नगरपालिकाको खुर्साने चोकमा पैदल हिँडिरहेका किशोरी र उनका प्रेमीलाई थापाले आफू प्रहरी भएको भन्दै हप्काएका थिए ।

‘यत्रो राति तिमीहरू कहाँ हिँडेको ? घर जानुपर्दैन ? भन्दै थापाले ‘तिमीहरू घर जान्छौं कि थानामा लगेर थुनिदिऊँ’ भनी उनीहरूलाई डर देखाएका थिए । त्यसपछि थापाले फोन गरेर प्रेमबहादुरलाई बोलाएका थिए ।

गाली गर्दै किशोरीको प्रेमीलाई घर पठाएका उनीहरूले किशोरीलाई पनि घर पुर्याइदिने भन्दै मोटरसाइकलमा चढाएर कोसी–हरैंचा ५ मा रहेको थापाको काठ मिलमा लगेका थिए । रातभर बलात्कार गरेर थापा र गुरुङले किशोरीलाई भोलिपल्ट बिहानै ४ बजे खुर्साने चोकमा ल्याएर छाडिदिएका थिए ।

त्यसपछि किशोरीले तत्काल फोन गरी प्रेमीलाई बोलाएकी थिइन् । उनीहरूले लगत्तै इलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी दर्ता गराएका थिए । घटनामा संलग्न रहेका थापा र गुरुङलाई फागुन २ गते छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले बताएका छन ।

प्रहरीले उनीहरूले प्रयोग गरेको को९प ८४४ र को१७प ५३१० नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरू बिरुद्ध अपहरण, शरीर बन्धक र जबर्जस्ती करणी अन्तर्गत मुद्दा चलाएको छ । पिडित किशोरी उपचारपछि परिवारसँग छिन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्