सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

ललीतपुरमा भारतीयद्धारा भुसालको अपहरण प्रयास

ललितपुरको सानेपामा शुक्रवार साँझ भारतीय नम्बर प्लेट भएको गाडी चढेर आएको एक समुहले अर्घाखाँची स्थायी घर भएका ब्यापारी मणि भुसालको अपहरण गर्ने प्रयास गरेका छन् ।

दिनेश चौधरी सहितका भारतीयहरुले शुक्रवार साँझ टोर एक्समाइन्स प्रा.लि र बल्याक हेड माइन्स प्रा.लि का सञ्चालक मणी भुसाललाई अपहरणको प्रयास गरेपनि स्थानियले देखेर हो–हल्ला गरेपछि फरार भएको बताईएको छ ।

मणि भुसाल र दिनेश चौधरी धेरै बर्ष देखिका साथी हुन । दश बर्षअघि काठमाडौंको ठमेलमा मणिको होटल थियो । त्यहि होटलमा भारतीय नागरिक दिनेशसँग मणिको चिनजान भयो । लामो चिनजानपछि मणि र दिनेश पार्टनरसिपमा सिसा खानी सञ्चालन गर्न राजी भएका थिए ।

लामो प्रयासपछि दार्चुलामा सिसा खानी सञ्चालनका लागी उनीहरुलाई खानी विभागले अनुमति दिएको थियो । खानी भर्खर रन हुन थालेकै बेला शुक्रवार साँझ दिनेशले ललितपुरको एक घरमा मणिलाई बोलाए । साथि भेट्न पुगेका भुसाललाई दिनेश सहितका तिन भारतीयले हातखुट्टा बाँधेर भारतीय नम्बर प्लेटको गाडीमा राख्ने प्रयास गर्दा उनी चिच्याए ।

मणि चिच्याएपछि घरधनीले होहल्ला गर्दै प्रहरीलाई खबर गरेका थिए । प्रत्यक्षदर्शीका अनुसार प्रहरी पुग्दा भारतियहरु गाडी लिएर भागिसकेका थिए । घट्नाबारे ललितपुर प्रहरीले औपचारीक पुष्टि गरिसकेको छैन । मणि भुसाल निकट स्रोतका अनुसार दिनेश र मणी एकदमै मिल्ने साथि थिए ।

घट्नापछी प्रहरीले अपहरण प्रयासमा संलग्नको खोजि गरिहेको बताईएको छ । भुसालको सानेपा स्थित स्टार हस्पिटलमा उपचार भएपछी अवस्था सामान्य रहेको छ । घटनाको बारेमा ललितपुर प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्