अमेरिकी वायु सेना चिनिया बेस क्याम्प पस्यो
अमेरिकी वायु सेनाको एक टुकडी दक्षिणी चीन सागरमा प्रवेश गरेको छ । अमेरिकी नाभीले आफ्नो नियमित अप्रेसनका क्रममा आफ्ना सैनिक दक्षिण चीन सागरमा प्रवेश गरेको जनाएको छ । आफ्नो सार्वभौमिकतामाथि हस्तक्षेप नगर्न चीनले चेतावनी दिएको भोलिपल्टै अमेरिकी सैनिक दक्षिण चीन सागरमा प्रवेश गरेको हो ।
चीनले आफ्नो दावी गर्दै आएको दक्षिण चीन सागरको भूभागमा दक्षिणपूर्वी एसियाको अन्य देशले पनि दाबी गर्दै आएका छन । चीनले सो सागरमा टापूहरु निर्माण गरी सैनिक बेसक्याम्प स्थापना गरिरहेको छ । यूएसएस कार्ल भिजन वायु सेनाको समूह आफ्नो नियमित अप्रेसनका क्रममा दक्षिण चीन सागरमा प्रवेश गरेको अमेरिकी नाभीले अनलाइनमा प्रकाशित गरेको वक्तव्यमा उल्लेख छ ।
‘हामी शक्ति प्रदर्शनका लागि समय हेरिरहेका छौं, इन्डो एसिया प्यासिफिक क्षेत्रका साझेदार राष्ट्रहरुको सम्बन्ध विस्तारका लागि थप कदम चालिने छ,’ अभियान टोलीका कमाण्डर रेयर एडमाइरल जेम्स किल्वाईले भनेका छन ।
चीनको विदेश मन्त्रालयले अन्र्तराष्ट्रिय कानुन अनुसार जहाज र वायु सैनिक प्रवेशका लागि अनुमति दिइएको जनाएको छ । तर बेइजिङले आफ्नो सार्वभौमिकतामाथि असर हुने अमेरिकी सैनिकका कुनै पनि गतिविधि सैह्य नहुने बताएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्