फेसबुकबाट महिलाहरुलाई ठग्ने गिरोह पक्राउ
नक्कली फेसबुक खाता खोली विदेशीको विभिन्न नाम र फोटो राखेर नेपालीहरुलाई फेसबुक साथी बनाई ठगि गर्दै आएको गिरोहको तीन जनालाई मंगलबार महानगरिय प्रहरी प्रभाग, गोंगबुले पक्राऊ गरेको छ । पक्राऊ पर्नेमा स्याङ्गजाका जगदीश भट्टराई, जोरपाटीका प्रेम बहादुर गुरुङ र गोर्खाका भरत पाण्डे रहेका छन् ।
पिडित हुनेहरुमा अधिकांस महिलाहरु रहेका छन । उनिहरुले विदेशीको नाममा रहेको फेसबुक अकाउन्टबाट नेपाली महिलाहरुलाई साथि बनाई च्याट गरि विभिन्न बहानामा विदेशबाट सामान पठाएको भनि नक्कली फोटो र कागजात देखाइ विश्वासमा लिने गरेको पाईएको छ ।
त्यसपछी उनिहरुले सामानको पार्सल इन्डिया एयरपोर्ट पुगेको र पार्सल नेपाल पठाउन नेपालबाट रकम तिर्नुपर्ने भनि इन्डियाको मोबाइल नम्बरबाट कल गरि मोटो रकम तिर्न बाध्य बनाई ठगि गर्दै आएको खुल्न आएको गोंगबु प्रभागका असई खेम पंगेनीले जानकारी दिएका छन ।
पीडितले दिएको उजुरीको आधारमा प्रहरीले उनीहरुलाई गोंगबुबाटै पक्राउ गरेको छ । साइबर क्राइमको रुप लिएको यो ठगीमा काठमाडौँ लगायत अन्य जिल्लामा रहेका महिलाहरुबाट समेत रकम ठगि गर्दै आएको देखिएकोले यो गिरोह निकै ठुलो र सक्रिय रुपमा रहेको हुन सक्ने प्रहरीले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्