सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

आप्रवासीलाई निकाल्ने ट्रम्पको अन्तिम तयारी

अमेरिकामा ट्रम्प प्रशासनले अवैध आप्रवासीहरुलाई देश बाहिर निकाल्ने प्रक्रिया अगाडी बढाउनका लागि कडा निर्देशन जारी गरेको छ । नयाँ निर्देशन अनुसार सबैभन्दा पहिले यस्ता आप्रवासीहरुलाई निशाना बनाइन्छ जसको आपराधिक रेकर्ड छ र जोसँग दस्तावेज छैनन ।

यसमा गम्भीर अपराधिक क्रियाकलापमा संलग्न भएकाहरु लगायत साधारण ट्राफिक कानून तोड्ने वा पसलबाट सामान चोरेका कारण पक्राउ परेका मानिसहरु पनि पर्नेछन । यद्यपी, ओबामा शासनकालको क्रममा अमेरिका छिरेका आप्रवासी बच्चाहरुलाई भने छुट दिइनेछ ।

होमल्याण्ड सुरक्षा विभाग (डिएचएस) ले यसलाई लागू गर्नका लागि १० हजार अतिरिक्त अधिकारीहरुलाई नियुक्त गर्ने योजना बनाएको छ । विभाग भन्छ–‘निकै सिमित अपवादका साथै सुरक्षा विभागले कुनै पनि वर्ग वा श्रेणीका बाहिरी व्यक्तिलाई हटाउन पछि पर्ने छैन । जसले इम्रिगेसन कानून उलंघन गरेका छन, उनीहरुलाई पनि अमेरिकाबाट बाहिर निकालिनेछ ।’

मंगलबार होमल्याण्ड सेक्युरिटी मन्त्री जोन केलीले जारी गरेको नयाँ निर्देशनका अनुसार पक्राउ परेका मानिसहरुले आफूहरु विगत दुई वर्षदेखि लगातार अमेरिकामा बसिरहेको पुष्टि गर्नुपर्ने हुन्छ । यदि यो कुरा पुष्टि गर्न सकेनन भने उनीहरुलाई कुनै अदालती कारवाही बिना देशबाट निकालिनेछ ।

त्यसमा एक पुरानो कानूनलाई लागु गर्ने कुरा पनि बताईएको छ । जसअनुसार सीमामा पक्राउ परेका मानिसहरुलाई जर्बजस्ती मेक्सीको पठाइन सकिने छ । यसमा जुनसुकै देशका नागरिक पर्न सक्छन् । तर अमेरिकासँग विदेशी नागरिकलाई जर्बजस्ती मेक्सीको पठाउने अधिकार छ छैन भन्ने विषयमा स्पष्ट भएको छैन ।

अमेरिकाले तस्करीको बाटो आफ्ना सन्तानलाई अमेरिका भित्र्याउने अभिभावकविरुद्ध पनि मुद्दा दर्ता गर्नेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS