राप्रपा केन्द्रिय सदस्यमा विजयी हुनेहरुको नामावलि
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना सकिएको छ । राति अबेरसम्म भएको मतदान पछिको मत गणनामा चर्चित नायिका रेखा थापा, कलाकार कोमल वली, मीरा राणा, कुन्ती शाही र प्रतिभा राणा निर्वाचित भएका छन् ।
त्यसैगरी, पुरुषतर्फ नेताहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे, राजाराम श्रेष्ठ, सुनिल थापा, जयन्त चन्द, धवल शम्शेर राणा, विक्रम थापा, राजेन्द्र लिङदेन, मोहन श्रेष्ठ र राजाराम गर्तौला लगायत निर्वाचित भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यका लागि भएको मतदानमा बुद्धिमान तामाङले सबैभन्दा बढी मत पाएर जित हात पारेका छन् । चर्चामा रहेकी गायिका कोमल ओली तेस्रो स्थान हात पार्दै केन्द्रीय सदस्यमा विजयी भएकी छिन् ।
महाधिवेशनमा कोमल ओलीको चर्चा व्यापक देखिए पनि उनीभन्दा अगाडि विक्रम पाण्डेले दोस्रो स्थान ल्याएर जीत हात पारेका छन् । बाँकेका चर्चित नेता धवलसमशेर राणाले चौथो स्थानसहित केन्द्रीय सदस्यमा जीत हात पारेका छन् भने झापाली नेता राजेन्द्र लिङदेनले पाँचौं स्थानसहित जित हात पारेका छन् ।
महिला कोटाबाट उम्मेद्वारी दिएकी नायिका रेखा थापाले पनि राप्रपाको केन्द्रीय सदस्यमा जित हात पारेकी छिन् । राप्रपाका संस्थापक नेता स्व. सूर्यबहादुर थापाका छोरा सुनील थापा पनि विजयी भएका छन् । त्यस्तै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्दले पनि जितेका छन् ।
राष्ट्रिय सभागृह तथा भृकुटीमण्डप क्षेत्र आसपासमा भएको फोहोरलाई आज दिउँसो सफा गरिने पार्टी नेता राजाराम श्रेष्ठले जानकारी दिए । यही फागुन ६ गतेदेखि सुरु भएको अधिवेशनलाई आज औपचारिक कार्यक्रम गरी समापन गरिने छ ।
हेर्नुहोस नामावली;
फेसबुकबाट कमेन्ट गर्नुहोस्