सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पूर्वयूवराज पारसका साथी प्रबजनको जोगीको चाला

पूर्वआइजीपी हेमबहादुर सिंहका छोरा प्रबजन सिंह औपचारिक रुपमै जोगी बनेका छन् । गत माघ १९ गते सरस्वती पूजाको दिन उनी सहित ९ जनाले कान चिरेर समाधि लिएकोमा मंगलबार जोगीको रुपमा बाहिर निस्केका हुन् ।

राष्ट्रगुरु योगी नरहरिनाथले समाधी लिएको दिनको अवसर पारेर २० दिनको शिव गोरखनाथ दर्शन धारणा साधना गराएपछि सिंह सहित ९ जना औपचारिक रुपमै जोगिको भेषमा बाहिर निस्केका हुन् । जोगी बनेसँगै प्रबजनले आफ्नो नाम योगी ब्याग्र वेदनाथ राखेका छन् ।

जोगी बनेका योगी ब्याग्र वेदनाथ अब मृगस्थलीमै बस्ने बताइएको छ । केही वर्षयता योगी ब्याग्र वेदनाथले सन्यासी जीवन बिताउँदै आएका थिए । परिवार त्यागेर २०७० साल जेठ ११ गते गुरु योगी शीर्षनाथबाट दिक्षा लिएर सन्यासी जिवन जीउन थालेका उनी पूर्व यूवराज पारस शाहका बाल्यकालदेखि कै साथी समेत हुन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्