जापानमा मगर दिवस भव्यताकासाथ मनाईयो
मगर संघ जापानले ३५ औँ मगर दिवस भव्यताका साथ मनाएको छ । मगर संघ जापानको अगुवाईमा क्षेत्रिय समिति तोचिगीले मगर दिवस बिशेष बिबिध सांस्कृतिक तथा सांगितिक साँझ कार्यक्रमको आयोजना गरेको थियो ।
शनिबार अर्थात फेब्रुअरी २५ का दिन जापानको तोचिगीस्थित लाफा रेष्टुरेन्टमा भएको कार्यक्रममा जापानमा रहेका नेपाली कलाकारहरुले बिभिन्न सांगितिक प्रस्तुतिहरु राखेका थिए । मगरहरुको संस्कृति झल्कने कौडा नाचसँगै नेपाली संस्कृति झल्कने नृत्य र गितले कार्यक्रमको माहौल संगितमय बनाएको थियो ।
कार्यक्रममा पञ्चेबाजाको तालमा गाईएको दोहोरी गितले कामले थकित भएपनि सहभागीहरुलाई नाच्न बाध्य बनाएको थियो । बिभिन्न आधुनिक नृत्यले उपस्थित दर्शकलाई थप मनोरञ्जीत बनाएको थियो ।
मगर संघ जापानका अध्यक्ष दिपक बुर्जा प्रमुख अतिथि रहेको कार्यक्रममा तमु छोज धिका बरिष्ठ सल्लाहकार तथा तोचिगी एनआरएनका सचिव राम गुरुङ्ग र तोचिगी नेपाली समाजका अध्यक्ष विजय कुमार श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा मगर संघ जापान क्षेत्रिय समिति तोचिगीका बरिष्ठ उपाध्यक्ष भुवन थापा मगरले स्वागत मन्तव्य राखेका थिए ।
क्षेत्रिय समिति तोचिगीका अध्यक्ष तुल बहादुर सराङ्गकोटी मगरको सभापतित्व भएको कार्यक्रमलाई समितिकै सचिव रविन पुनले सञ्चालन गरेका थिए । कार्यक्रममा एनआरएन जापानका उपाध्यक्ष टासी लामा र तोचिगी नेपाली समाजका अध्यक्ष बिजय कुमार श्रेष्ठ बिशिष्ट अतिथिका रुपमा थिए ।
कार्यक्रममा मगर संघ जापानका संरक्षक तथा पुर्वअध्यक्ष गम जुग्जाली मगर, पुर्व अध्यक्षद्वय नविन थापा मगर र शैलेन्द्र बिक्रम राना मगर अथितिको रुपमा थिए । त्यस्तै अतिथीका रुपमा मगर संघ जापानका महासचिव योगेन थापा, सचिव कमल थापा, कोषाध्यक्ष किरण थापा, सदस्य अएना राना, अनु बुढाथोकी र तुल गलामी मगर पनि रहेका थिए ।
कार्यक्रमलाई लाफा रेष्टुरेन्ट एण्ड बार तोचिगि, गामबेशि दोहोरी साँझ इकेबुकुरो टोक्यो, खगेन क्याफे, कुमारी कर्पोरेसन, लिटिलबुद्ध रेष्टुरेन्ट, आरति रेष्टुरेण्ट, एसिएन फुड एण्ड सप्लायर्स, दुर्गा ईन्टरनेसनल प्रा.लि, पूर्ण थापा मगर, राजेन्द्र विक्रम थापा मगर, लिजोन ट्रेडिङ कम्पनी लगायतले सौजन्य सहयोग गरेको आयोजकले जनाएको छ ।
त्यस्तै मसल हट रेष्टुरेण्ट, सिर्जना ईन्टरप्राईजेज, मगर संघ जापानका अध्यक्ष दीपक बुर्जा मगर, दर्शन ठकुरी समाजका अध्यक्ष कृष्ण मल्ल, पश्चिमाञ्चल भलिबल प्रशिक्षक नबिन गुरूङ, बारगाडे रेष्टुरेण्ट सिनोकुबु टोकियोले पनि सौजन्य सहयोग गरेका थिए ।
त्यसैगरी ओहिरा हलाल फुड तथा रेष्टुरेन्टका मोहन अधिकारी, एनआरएन उपाध्यक्ष ज्ञान शर्मा भण्डारी, दर्शन ठकुरी समाजका अध्यक्ष कृष्ण मल्ल, पुर्वि नेपाल विकास सहकार्य केन्द्रका सरोज भेटवाल, सिर्जनशिल उत्पीडन समाज जापानका करण सुनार, गोरखा समाजका तर्फबाट प्रशान्त थापा र हाकेन कम्पनि एसएमएस कर्पोरेसनका प्रोप्राईटर महेश लुईँटेललाई अतिथिका रुपमा निम्त्याईएको थियो ।
मगर दिवस बिशेष कार्यक्रमलाई सफल बनाउन कार्यक्रम संयोजक महेश पुन, कोषाध्यक्ष ममता राना लगायत सम्पुर्ण कार्यसमिति टिमको अहम भुमिका रहेको समितिका अध्यक्ष तुल बहादुर सराङ्गकोटी मगरले जानकारी दिएका छन । कार्यक्रममा सौजन्य सहयोगदातालाई सभापतिको हातबाट प्रसंशा प्रमाणपत्र प्रदान गरिएको थियो ।












फेसबुकबाट कमेन्ट गर्नुहोस्