सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

डोरीले बाँधेको लगेज दुबई एयरपोर्टमा प्रतिबन्ध

दुबई अन्र्तराष्ट्रिय एयरपोर्टले लगेज सम्बन्धी नयाँ नियमावली सार्वजनिक गरेको छ । नयाँ नियमअनुसार कार्टुन वा ब्ल्यांकेटमा डोरीले बाँधिएको लगेज पूर्ण प्रतिबन्ध गरिएको छ । नयाँ नियम अनुसार दुबई एयरपोर्टले बाटुला वा गोलाकार ब्याग रोक्ने जनाएको छ ।

त्यसरी नै च्याप्टो आकार नभएका ब्यागहरु रोक्ने सूचना दुबई एयरपोर्ट प्रसाशनले जनाएको छ । निमयित र चलनचल्तीका ब्यागलाई मान्यता दिँदै अनियमित आकारका ब्यागहरुको प्रयोग नगर्न सर्वसाधारण यात्रुहरुलाई आग्रह गरिएको छ ।

त्यसरी नै लगेजहरुमा क्षमताभन्दा भारी वजन भएका सामग्री नराख्न एयरपोर्टको सुझाव छ । दुबई एयरपोर्ट भएर आवतजावत गर्ने एयरलाइन्सका प्रतिनिधिहरुलाई यस विषयमा जानकारी दिइएको उक्त नयाँ नियम ८ मार्च २०१७ देखि लागू हुनेछ ।

वैदेशिक रोजगारीबाट फर्किने अधिंकाशले आफ्नो लगेजको सुरक्षाको लागि डोरीले बाँध्ने गरेका थिए । बरदुबईस्थित फिस्टेल ट्राभलकी सञ्चालिका मोती राईले नयाँ नियमसँगै ‘डोरी लाउरे’ संस्कृतिको अन्त्य हुने बताएकी छिन

फेसबुकबाट कमेन्ट गर्नुहोस्