उत्तरकोरीयाले एकाबिहानै जापानतर्फ मिसाईल छाड्यो
जापानी प्रधानमन्त्री सिन्जो आबेले उत्तर कोरीयाले सोमबार बिहान परमाणु हतियारबाट सुसज्जीत ४ वटा ब्यालेस्टिक मिसाइलको परीक्षण गरेको दावी गरेका छन । आबेले त्यसमध्ये तीनवटा मिसाइल जापानी समुद्रमा झारिएको उनको दाबी छ ।
जापानी प्रधानमन्त्री आबेले यसलाई उत्तर कोरियाको उत्तेजक शृंखलाको अर्को कडी भएको प्रतिक्रिया दिएका छन् । आबेको यो भनाई बाहिर आउने वित्तिकै दक्षिण कोरियाले पनि सोमबार बिहान उत्तर कोरियाले जापानको समुन्द्री क्षेत्रतर्फ एउटा मिसाइल छोडेको दावी गरेको छ ।
दक्षिण कोरियाली सेनाका अनुसार ब्यालेस्टिक मिसाइल चीनसँग जोडिएको उत्तर कोरियाली सीमा नजिक टाङ्गचेङ–रीबाट छोडिएको थियो । दक्षिण कोरियाली रक्षा मन्त्रालयले विज्ञप्ती सार्वजनिक गर्दै भनेको छ,–‘छोडिएको मिसाइलको क्षमता १ हजार किलोमिटर हो ।’
संयुक्त राष्ट्र संघले उत्तर कोरियालाई परमाणु तथा मिसाइल परीक्षण गर्न रोक लगाएको छ । तर, उत्तर कोरीयाले राष्ट्र संघको चुनौतीलाई वास्ता नगरि लगातार परमाणु तथा मिसाइल परीक्षण गर्दै आइरहेको छ । जापानले उत्तर कोरियाको नयाँ परीक्षणको खुलेर विरोध गर्ने बताएको छ ।
केही समयअघि मात्र उत्तर कोरीयाले आफ्नो नेता किम जोङ–उनको सुरक्षाका लागि विशेष व्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको थियो । जुन अमेरिकी राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पको कार्यभारपछि उत्तर कोरियाको पहिलो मिसाइल परीक्षण थियो ।
सिओलस्थित एपिएफ न्युज एजेन्सीले जनाएअनुसार ट्रम्प प्रशासनको प्रतिक्रिया बुझ्न प्याङ्योङले अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प नियुक्त भए लगत्तै पूर्वी सागरमा मिसाइल फर्काएको थियो । जसलाई जापान सागरको नामले पनि चिन्ने गरिन्छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्