मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लियो
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । नेकपा एमालेको मेची महाकाली अभियानको विरोधका क्रममा प्रहरीको गोली लागेर कार्यकर्ताको मृत्यु भएपछि बसेको मोर्चाको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।
संघीय समाजवादी फोरम नेपालको कार्यालयमा सोमबार साँझ बसेको आकस्मिक बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णयको पत्र सरकारलाई भोलि पठाउने मोर्चाले बताएको छ ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्