सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

ओली–‘ यो के भएको ?’, अभियान रोक्नुस; प्रचण्ड

राजविराजमा एमालेको सभास्थल बाहिर तीन जनाको ज्यान जाने गरी भएको गोलीकाण्ड पछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरेका छन् । टेलिफोनमा ओलीले प्रधानमन्त्रीलाई भने–‘यो देशमा के भएको ? म कतै जानै हुँदैन, ढुंगा हान्ने, गाडी जलाउने, यस्तो किन भइरहेको छ ?’

जवाफमा प्रधानमन्त्री दाहालले केपी ओलीलाई एमालेको अभियानबारे पार्टीमा समीक्षा गर्न आग्रह गरेको स्रोतले बताएको छ । जवाफमा प्रधानमन्त्रीले ओलीलाई भने–‘तपाईहरु पार्टीका नेताहरु बसेर अब समीक्षा गर्नुहोला, देशलाई थप मुठभेडतिर लैजाने कि मुठभेडबाट जोगाउने ?’

प्रधानमन्त्रीले अभियानबारे समीक्षा गर्न आग्रह गरे लगत्तै सप्तरीको रुपनगरमा बसेको एमालेको आकस्मिक बैठकले मेची–महाकाली अभियान तीन दिनका लागि स्थगित गरेको छ । प्रधानमन्त्रीको जवाफपछी एमाले पार्टीको अभियानबिरुद्ध चौतर्फी रुपमा गम्भिर षड्यन्त्र भएको निष्कर्शमा पुगेको छ ।

यसैबीच घटना लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चाका नेता महन्थ ठाकुरसँग पनि कुराकानी गरेका छन । ठाकुर र प्रधानमन्त्रीबीच झडपमा घाइते भएकाहरुको उपचारका विषयमा कुराकानी भएको मधेसी मोर्चाका एक नेताले बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS