सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

हत्या आरोपमा अष्ट्रेलियामा तीन नेपाली पक्राउ

अष्ट्रेलियन प्रहरीले एक श्रीलंकन नागरिकको हत्या गरेको आरोपमा तीन जना नेपालीलाई पक्राउ गरेको छ । पक्राउ परेका नेपालीहरुको पहिचान भने खुलेको छैन । प्रहरीले जारी गरेको विज्ञप्तिका अनुसार गत शुक्रबार बेलुकी उत्तरी एडेलेडको पेनफिल्ड गार्डेनमा घटना भएको थियो ।

फेब्रुअरी ३ मा बेलुकी ८ः२० बजे कसैले फोन गरेर प्रहरीलाई बोआडेक्रेस ड्राइभमा बोलाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । विज्ञप्तीमा भनिएको छ–‘त्यहाँ पुगेपछि प्रहरीले एउटा घरमा ३९ वर्षीय एक व्यक्तिको विभत्स अवस्थामा रहेको शव फेला पार्यो ।’

स्थानीय गुप्तचरहरुले घटनाबारे लगातार अनुसन्धान गरेपछि तीन नेपालीलाई पक्राउ गरिएको हो । उनीहरुमध्ये ४४ वर्षीय व्यक्तिलाई डाभोरेन पार्कबाट र ४८ वर्षीयलाई एलिजाबेथ नर्थबाट पक्राउ गरिएको अधिकारीहरुले बताएका छन् । पक्राउ परेकाहरुलाई आज एलिजाबेथ म्याजिस्ट्रेट कोर्टमा उपस्थित गराएर हिरासतमा राख्ने अनुमति लिइएको छ ।

तीन जनामध्ये कसैले पनि धरौटीका लागि निवेदन नदिएको स्थानीय संचारमाध्यमले समाचारमा उल्लेख गरेका छन । अदालतले जारी प्रहरी अनुसन्धान प्रभावित नहोस् भनेर पक्राउ परेका तीन नेपालीको परिचय गोप्य राखेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS