सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

एमालेले सप्तरीबाटै अभियान थालोस हामी बिथोल्दैनौँ

मधेसी मोर्चाका शीर्ष नेता महेन्द्र राय यादवले सप्तरी घटनामा सरकार जिम्मेवार रहेको भन्दै मधेसमा एमालेले कार्यक्रम गर्दा अवरोध गर्ने नीति नरहेको दाबी गरेका छन ।

तमसपा अध्यक्ष यादवले भने–‘एमालेले मधेसको जुनसुकै भागमा पनि आफ्नो कार्यक्रम गर्न पाउँछ, मधेसी मोर्चाले हिजो पनि विरोध गरेको थिएन र भोलिका दिनमा पनि विरोध गर्दैन ।’

बुधबार रिपोर्टर्स क्लबको साक्षात्कारमा नेता यादवले आफूहरुले एमालेलाई मधेसमा निषेध गर्ने भनेर कहिल्यै नभनेको भन्दै उनले भने– ‘एमालेले मेची–महाकाली अभियान सप्तरीबाटै सुरु गर्नुहोस, हामी विथोल्दैनौँ ।’

साक्षात्कारमा उनले भने–‘यदि तपाईहरुको कार्यक्रम हाम्रा कार्यकर्ताले विथोलेका छन भने हामीलाई नाम दिनुहोस, हामी उनीहरुलाइ कारवाही गर्न तयार छौं, सरकारलाई भनेर हामी कारवाही गराउँछौँ ।’

मोर्चाले आहृवान गरेको दुई दिने बन्दको कार्यक्रममा पनि एमाले नेताहरुको घर, पार्टी कार्यालय तोडफोड नगरेको दाबी गर्दै उनले भने, ‘हामीले त्यस्तो गरेका छैनौँ, यदि कसैले त्यस्तो गरेको छ भने त्यो घुसपैठ हो, हामीले गरेकै छैनौं, हामीलाई बद्नाम गराउन खोजिएको छ ।’

उनले सप्तरी घटनामा मधेसी मोर्चालाई दोष लगाउने काम कपोकल्पित मात्रै भएको आरोप लगाए । यादवले भने–‘एमालेको अभियानबारे मधेसी जनतामा आक्रोश थियो, यो घटनामा सरकार जिम्मेवार छ, निहत्था जनतामाथि गोली चलाउने आदेश कसले दियो ? यो नश्लवादी गतिविधि हो ।’

यादवले घटनाको दोष आफूहरुलाई दिनु गलत भएको दाबी गर्दै भने–‘घटनामा संलग्न दोषीहरुलाई कारवाही होस, एमालेले पनि हत्या प्रयास भयो भन्ने गम्भिर विषय उठाएको छ, यसको पनि छानविन होस् ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS