सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

विकिलिक्सले खुलासा गर्यो सिआईएको जासुसी

अमेरिकाको केन्द्रिय गुप्तचर संस्था (सिआइए) ले विभिन्न प्रकारका ह्याकिङ उपकरणमार्फत जासुसी गरिरहेको विषयमा हजारौं गोप्य कागजात विकिलिक्सले सार्वजनिक गरेको छ ।

स्वतन्त्र रुपमा पुष्टि भइनसकेका ती कागजातले सिआइएले स्मार्ट फोन र कम्प्युटरबाट व्यक्तिगत विवरणहरुमा पहुँच पुर्याउन प्रयोग गरिएको मालवेयर भनिने भाइरस बारेको विवरण दिएको समेत बताइएको छ ।

सिआइएका प्रवक्ताले भने उक्त कागजातमा उल्लेखीत सामाग्री र त्यसको आधिकारिकताबारे प्रतिक्रिया नजनाउने बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्