सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जाजरकोटमा बस दुर्घटना, १२ जनाको मृत्यु

जाजरकोटको पासाघाट भन्ने ठाउँमा ५० जना भन्दा बढि यात्रु बोकेको एउटा बस दुर्घटनामा परेको छ । बस दुर्घटनामा ठुलो संख्यामा मानविय क्षति भएको हुनसक्ने प्रहरीले बताएको छ । घटनाको पुर्ण विवरण भने आईसकेको छैन ।

घटनास्थलमा खटिएका सुरक्षाकर्मीका अनुसार दुर्घटनामा १२ जना भन्दा बढीको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ । बस सडकबाट करिब २ सय मिटर तल खसेको छ । जाजरकोटको खलंगाबाट पश्चिमी क्षेत्रमा पर्ने खारा भन्ने गाउँतर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको बस ओरालो बाटोमा अनियन्त्रित भई खोलामा खसेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनास्थल सदरमुकाम खलंगा भन्दा ३/४ किलोमिटर टाढा भेरीमालिका नगरपालिका वडा नम्बर ४ मा पर्छ । बोहोरा गाउँको तल्लो मोहोडाबाट बस पासागाड खोलामा खसेको हो । क्षमताभन्दा बढि यात्रु भएकाले ओरालो घुम्तीमा बस अनियिन्त्रित भई खसेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

अहिले घटनास्थलमा प्रहरीले मृतकका शवहरु संकलन गरिरहेको छ । केही घाइतेलाई उपचारका लागि खलंगा सदरमुकाम ल्याइएको छ । दुर्घटनामा धेरैजना हताहत भए पनि मृतकको संख्या निश्चित भईसकेको छैन भने सनाखत पनि कसैको भएको छैन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्