सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

हेटौँडाबाट यसरी गर्जिए भारतबिरुद्ध केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि लगातार आक्रमण भइरहे आतंक सहेर नबस्ने बताएका छन् । एमालेको मेची–महाकाली अभियान अन्र्तगत हेटौँडामा शुक्रबार भएको जनसभामा बोल्दै ओलीले एमालेले आफ्नो सुरक्षा आफै गर्नुपरे परिस्थिति फरक हुने चेतावनी दिएका छन ।

“हामीमाथि लगातार अक्रमण हुँदा पनि सहेर बसेका छौुं उनले भने, “तर एमालेको पार्टी कार्यालय र नेता कार्यकर्ताको घरमा समेत आक्रमण हुन्छ भने हामी सधैं आतंक सहेर बस्दैनौं ।” ओलीले भने, “सरकार र संसदको भत्ता खाएर काठमाडौमा घर बनाउनेले लाशको राजनीति गर्दैमा एमालेको अभियान रोकिँदैन ।”

सरकारी पार्टीको आक्रणका कारण जनताका छोराछोरीको ज्यान गएको बताउँदै उनले एमालेको सुरक्षा गरेबापत सरकारले सप्तरीको प्रशासन र प्रहरी प्रमुख काठमाण्डौं फिर्ता बोलाएको दाबी गरेका छन । उनले भने–“सप्तरी घटनापछि सरकारको नियत स्पष्ट भएको छ, अरुको चहाना र स्वार्थका लागि यो सरकारले जनताको ज्यान लिएको छ ।”

साथै उनले नेपाली भूमिमा प्रवेश गरेर भारतीय प्रहरीले नेपाली नागरिकमाथि गोली चलाउँदा समेत राज्य कानमा तेल हालेर बसेको भन्दै आपत्ति जनाएका छन । “भारत छिमेकी हो, उसले मित्रवत व्यवहार गर्नुपर्छ”, ओलीले प्रश्न गरे, “के बलियो हुनुको अर्थ यही हो ?”

फेसबुकबाट कमेन्ट गर्नुहोस्