के मधेस तिनका आमाले पेट बोकेर जन्माएको थलो हो ?
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले प्रधानमन्त्री प्रचण्डलाई सात जुनीसम्म जेल हाल्नुपर्ने बताएका छन् । नेता गौतमले मोर्चाका नेतालाई गाली गर्दा ‘आमाको पेट’को समेत उच्चारण गरेका छन ।
एमाले नेता गौतमले मधेसी मोर्चाका नेताहरु नेपाली हुन् कि भारतीय भन्नेबारे टुंगो लगाउनुपर्ने बताए । उनले मोर्चाका नेताहरुको राष्ट्रप्रेम माथि प्रश्न उठाउँदै भने–‘मधेसी मोर्चाका नेताहरु नेपाली हुन् कि भारतीय ? टुंगो लगाउनुपर्छ ।’
एमाले उपाध्यक्ष गौतमले मोर्चाका नेताहरुलाई गाली गर्दागर्दै नेताहरुका आमाको समेत नाम लिए । एमालेलाई मधेसमा छिर्न नदिने मोर्चाको चेतावनीप्रति आक्रोश पोख्दै पूर्वउपप्रधानमन्त्री गौतमले भने–‘के यो तराई मधेस महन्थ ठाकुर, राजेन्द्र महतो र उपेन्द्र यादवका आमाले पेट बोकेर जन्माएको थलो हो ?’
एमाले नेता गौतमले प्रधानमन्त्री प्रचण्डले देशको शीर झुकाएको बताउँदै जतिचोटि जन्मिए पनि जेल पठाउनुपर्ने अपराध गरेको बताएका छन । गोवामा भारतका प्रधानमन्त्री र चीनका राष्ट्रपतिलाई प्रचण्डले भेटेको स्मरण गर्दै नेता गौतमले त्यहाँ प्रचण्डले देशको शीर झुकाएको बताए ।
गौतमले अहिले कञ्चनपुर घटनामा पनि प्रचण्डले देशको शीर झुकाएको बताए । प्रधानमन्त्री प्रचण्डले सप्तरीमा मधेसी मोर्चाका कार्यकर्तामाथि गोली नचलाउनु भनेको विषयमा पनि गौतमले आपत्ति जनाए ।
उनले भने–‘गोली नचलाउने भए सेना किन राखेको ? गोली नचलाउने भए प्रहरीलाई रिभल्भर, पेस्तोल, श्री नट थ्री र एससलआर किन दिएको ?’
पूर्वगृहमन्त्री समेत रहेका गौतमले कार्यक्रममा भने–‘दुश्मन जसरी आउँछ, सुरक्षा निकाय त्यसरी नै प्रस्तुत हुन्छ । प्रधानमन्त्रीले गोली नचलाउन भन्न मिल्दैन ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्