मधेसी मोर्चाका कार्यकर्तामाथी प्रहरीले गोली चलायो
मेची–महाकाली अभियानका क्रममा आज नेपालगंज पुगेको एमाले र मधेसी मोर्चा आमनेसामने भएपछी स्थिति सहज बनाउन प्रहरीले हवाई फायर गर्नुपरेको छ । एमालेको कार्यक्रम बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ता उग्र बन्दै गएपछी स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको हो ।
बाँकेको गुलरिया–नेपालगञ्ज सडक खण्डको सोनपुर गोनाना भन्ने ठाउँमा एमाले कार्यकर्ता र मधेसी मोर्चाका कार्यकर्तावीच तनाव बढेपछि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गर्नुपरेको एसएसपी बिरेन्द्र बस्न्यातले बताएका छन ।
प्रहरीसँगको झडपका क्रममा मधेसी मोर्चाका दुई जना कार्यकर्ता घाइते भएका छन । मधेसी मोर्चाका कार्यकर्ताले प्रहरीको हतियार खोस्न खोजेपछि दुई राउण्ड हवाई फायर गर्नु परेको एसएसपी बस्न्यातले बताएका छन ।
मधेसी मोर्चाका नेता इस्तियाक राईले भने आफ्ना कार्यकर्ताले प्रहरीको हतियार नखोसेको बताएका छन् । नेपालगञ्जमा आयोजित कार्यक्रममा सहभागी हुन आउनेहरुलाई रोक्ने मात्रै आफूहरुको लक्ष्य रहेको मोर्चाका नेताको दाबी छ ।
उक्त सडक खण्डमा मोर्चाका कार्यकर्ताले आमसभामा भाग लिन हिँडेका एमाले समर्थकलाई बाटो अवरुद्ध पारेपछि तनाव उत्पन्न भएको थियो । मोर्चाको अबरोधका बाबजुद एमालेले नेपालगंजको चारकाँदोमा आमसभा गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्