सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

के–के काम हुन्छन त गाउँपालीकाबाट ? पुर्ण पाठ

संघिय शासन व्यवस्था अनुसार हालै मात्र कार्यान्वयनमा आएको नयाँ संरचना अनुसार ती संरचनाका प्रमुखहरुले गर्ने काम, कर्तव्य र अधिकारबारे धेरैलाई अन्योल छ ।

तर, यसवारे संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गाउँपालिकाबाट हुने काम तथा प्रमुखहरुको अधिकारबारे प्रष्ट रुपमा स्थानीय तह शासन सञ्चालनबारे आदेश दिएको छ ।

जसमा स्थानीय तहमा आफ्नै कानुन देखि नागरिकता वितरण र विद्यालय सञ्चालनसम्मका ६० भन्दा बढि अधिकार प्रत्यायोजन गरेको छ । गाउँपालिकाले कानुन बनाई लागु गर्न भने गाउँपालिका वा नगरसभाले अनिवार्य रुपमा अनुमोदन गर्नुपर्ने छ ।

त्यस्तै गाउँपालिका वा नगरपालिकाको वडाको काम कर्तव्य र अधिकार मन्त्रालयले जारी गरेको आदेशको अनुसुचि १ को बुँदा नम्बर ३ मा प्रष्ट खुलाइएको छ ।

जसमा राजश्व संकलन, तथ्याङक अद्यावधिक तथा संरक्षण, विकास, स्वास्थ्य शिक्षा, उद्योग, यातायात लगायत रहेका छन् ।

यसअघिको जिल्ला प्रशासन कार्यलयलाई भन्दा बढि अधिकार नयाँ संरचनाका गाउँपालिकालाई दिएको छ ।

मन्त्रालयले जारी गरेको आदेशको पूर्ण पाठ हेर्नुहोस्;

[pdfjs-viewer url=”http%3A%2F%2Feverestwall.com%2Fwp-content%2Fuploads%2F2017%2F03%2Fgaun-palika-rights.pdf” viewer_width=100% viewer_height=1360px fullscreen=true download=true print=true]

फेसबुकबाट कमेन्ट गर्नुहोस्