प्रकाश दाहाललाई अत्याधुनिक हतियार राख्ने अनुमति
लामो समयदेखि विवादमा तानिँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालले आफूलाई सुरक्षा थ्रेड बढेको भन्दै अनुमति लिएर आधुनिक हतियार खरिद गरेको छन् ।
प्रधानमन्त्रीका स्वकीय सचिव समेत रहेका पुत्र दाहालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उक्त हतियारको अनुमति लिएका हन् ।
उनले बिहीबारदेखि २२ बोरको अत्याधुनिक राइफल राख्ने अनुमति पाएका छन् । उनले लिएको राइफलको मूल्य १५ लाखभन्दा बढीको रहेको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले प्रधानमन्त्रीपुत्र प्रकाशलाई हतियार राख्ने अनुमति दिएको जानकारी दिएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्