सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एसएसबी गोलीकाण्डको रिपोर्ट भारतलाई बुझाईयो

नेपाल प्रहरीको फरेन्सिक रिपोर्टले कञ्चनपुरमा मारिएका गोविन्द गौतमलाई लागेको गोली भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै भएको देखाएको छ । यो रिपोर्ट गृह मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत काठमाडौंस्थित भारतीय दूताबासलाई दिएको छ ।

भारतीय हस्तक्षेप विरुद्ध उत्रिएका नेपालीहरुमाथि फागुन २६ मा एसएसबीले चलाएको गोली लागेर गौतमको निधन भएको थियो । यो घटनामा भारतीय सुरक्षाकर्मी दोषी रहेको भन्दै भारतले नेपाल र नेपाली जनतासामू माफी माग्नु पर्ने नेपालका प्रमुख राजनीतिक दलहरुको माग छ ।

यसबारे नेपाल सरकारका उच्च अधिकारीहरुले भारतीय पक्षलाई पटकपटक ध्यानाकर्षण गराएका छन् । तर, भारतले यसबारे छानविन गर्ने भन्दै फरेन्सिक रिपोर्ट दिन माग गर्दै आएको थियो । गृह मन्त्रालय स्रोतका अनुसार नेपाल प्रहरीको ल्याबबाट गरिएको परीक्षणमा गौतमलाई लागेको गोली एसएसबीकै भएको पुष्टि भएको छ ।

यो रिपोर्ट गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत काठमाडौंस्थित भारतीय दूताबासलाई दिएको छ । गृह मन्त्रालयका अनुसार गौतमको शरीरमा भेटिएको गोली नेपालका कुनै पनि सुरक्षा निकायमा लाग्ने हातहतियारमा प्रयोग हुने नगरेकाले गोली एसएसबीले हानेको ठहरसहितको रिपोर्ट दिइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्