सिंहको अन्त्येष्टीका लागी सहयोग गर्न अपिल
जापान प्रहरीको नियन्त्रणमा रहेकै बेला अस्पतालमा उपचार गर्दै गर्दा मृत्यु भएको भनिएका बाजुराका अर्जुनबहादुर सिंहको अन्तिम दाहसंस्कारका लागी आर्थीक सहयोग गर्न सुदुरपश्चिमेली समाज जापानले जापानवासी नेपालीहरुमा अपिल गरेको छ ।
सुदुरपश्चिमेली समाज जापानको हुलाक खाता नम्बर १०१००–१२८२९२१ मा रकम जम्मा गरि सहयोग गरिदिन समाजले जापानमा रहेका नेपालीहरुलाई अनुरोध गरेको छ । मृतक सिंहका परिवारले शवलाई नेपाल झिकाईदिन सम्बन्धित सबैसँग हारगुहार गरेका छन ।
दलाल मार्फत कुक भिसामा जापान आएका मृतक सिंहले हालसम्म आफु आएको ऋण समेत तीर्न नसकेको बताईएको छ । उनका नेपालमा श्रीमती र दुई छोरी रहेका छन ।
यसअघि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको भनिएका बाजुराका अर्जुनबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको जापानी संचार माध्यमहरुले बताएका छन । जापान प्रहरीको हवाला दिँदै स्थानीय संचार माध्यमले सिंहको बुधबार उपचारका क्रममा मृत्यु भएको उल्लेख गरेका हुन ।
जापानी संचार माध्यममा प्रकासीत समाचार अनुसार सिंहले अर्कैको क्रेडिट कार्ड बोकेको विषयमा सोधपुछ गर्दा भित्तामा टाउको ठोक्काएपछि प्रहरीले केहीबेर हिरासतमा राखेको थियो । प्रहरीले पुन; सोधपुछ गर्दा पनि पनि सिंहले प्रहरी कार्यालयको टेबुलमा टाउको ठोकेको जापानी प्रहरीले बताएको छ ।
जापानी प्रहरीले भनेको छ, टेबुलमा टाउको ठोकेपछी सिंह बेहोस भएका थिए र त्यसपछि उनलाई अस्पताल लगिएको थियो । ठोक्कीँदाखेरी टाउकोमा चोट लागेका सिंहको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जनाएको छ ।
मृतक सिंह मानसिक असन्तुलनका कारण विगत एक वर्षदेखि औषधि खाइरहेका थिए । स्वास्थ्यमा समस्या देखिएपछी सिंह काम बिहिन थिए । नेपाली दूतावास, एनआरएन जापान, सुदुरपश्चिमेली समाज लगायतका संघ, संस्था र व्यक्तिहरुले उनको उपचारका लागी सहयोग पनि गरेका थिए ।
नेपाली दुतावास, एनआरएन लगायतलाई सिंहलाई नेपाल पठाउने तयारी गरिरहेको थियो । केही समयदेखि वेपत्ता सिंहको अचानक मृत्यु भएको खवर नेपाली दुतावासलाई दिएको थियो । उनको मृत्युको विषयमा कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले जापान प्रहरीसंग सोधपुछ समेत गरेका थिए ।
कार्यवाहक राजदुत अर्याललाई जापान प्रहरीले उपचारका क्रममा मृत्यु भएको बताएको थियो । अर्काको क्रेडिट कार्ड बोकेको बिषयमा सोधपुछ गर्दा टाउको ठोक्काएपछी सिंहलाई केहिबेर हातखुट्टा बाँधेर राखेको पनि जापान प्रहरीले बताएको समाचारहरुमा जनाईएको छ । उनले कसको क्रेडिट कार्ड बोकेका थिए, प्रयोग गरेका थिए कि थिएनन भन्नेबारे भने केही खुलाईएको छैन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्