सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

केरुङ-काठमाडौं हुँदै भारतसम्म रेलमार्ग जोड्न प्रस्ताव

प्रधानमन्त्री पुष्पकमल दाहालले सडक, रेल, हवाई र इन्टरनेटको सञ्जालबाट नेपाललाई चीनसँग जोड्न सरकारले प्राथमिकता दिएको बताएका छन् । बेइजिङ परराष्ट्र अध्ययन विश्वविद्यालयमा आइतबार नेपाल अध्ययन केन्द्र उदघाटन गर्दै दाहालले भने–‘भूपरिवेष्ठित देश नेपालको चीनसँगको कनेक्टिभिटी मुख्य चासो हो ।’

दाहालले चीन–काठमाडौं थप हवाई सेवा बिस्तार गर्न र केरुङबाट काठमाडौं हुँदै भारतसम्म रेलमार्ग जोड्न पनि चीनलाई सुझाव दिएका छन । प्रधानमन्त्री दाहालले भूकम्पपछि अवरुद्ध तातापानी नाका पुनः सञ्चालन गर्न पनि चिनियाँ नेतृत्वलाई आग्रह गरेका छन ।

दाहालले चिनियाँ व्यवसायीहरुलाई नेपालको जलस्रोत र पूर्वाधारका क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन । सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले विशेष गरी सौर्य, वायो र हाइड्रो इनर्जीमा चिनियाँ लगानीको आफूले अपेक्षा गरेको बताएका छन ।

प्रधानमन्त्री दाहालले गत वर्ष चीनसँग भएका व्यापार तथा पारवहन सन्धिको प्रोटोकलहरुमा थप सहमति जुटाउन नेपालले प्राथमिकता दिएको सम्बोधनमार्फत जानकारी गराएका थिए ।

दाहालले बेइजिङ परराष्ट्र अध्ययन विश्वविद्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुअघि ग्रेटवालको अवलोकन गरेका थिए । प्रधानमन्त्री दाहाल नेतृत्वको टोली चीन भ्रमण सकेर १६ गते स्वदेश फर्किने छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्