सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

केटी साथीको अश्लिल भिडियो बनाई ब्ल्याकमेलिङ

 

केटी साथीको अश्लिल फोटो र भिडियो खिचेर ब्ल्याकमेलिङ गर्ने १ जनालाई सिआइबीले पक्राउ गरेको छ । सिआइबीले बैतडी देहमाण्डी ६ का २३ वर्षीय राजबहादुर बोहरालाई पक्राउ गरेको हो । उनले केटी साथीको अश्लिल फोटो र भिडियो बनाएर ब्ल्याकमेलिङ गर्ने गरेको सिआइबीकी एसपी मिरा चौधरीले बताएकी छिन ।

बोहोराले ब्ल्याकमेलिङ गरेर केटी साथीबाट रकम र गरगहना लिएको समेत खुल्न आएको छ । अश्लिल फोटो र भिडियो बोहराले केटी साथीको आफन्तहरुलाई समेत फेसबुक च्याटमा पठाउने गरेका थिए । केटी साथीले भने बोहरा रातको समयमा आफ्नो कोठामा आएको र नशालु पदार्थ खुवाइ बेहोस बनाइ अश्लिल भिडियो खिचेको बताएकी छिन् ।

मानसिक पीडा भएपछि उनी प्रहरीसमक्ष आएकी थिइन । बोहरालाई विद्युतिय कारोबार ऐन २०६३ मा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको एसपी चौधरीले बताइन । फेसबुकमार्फत ठगी र चरित्रहत्या गर्ने काम भइरहेको भन्दै एसपी चौधरीले सामाजिक संजाल प्रयोग गर्ने सबैलाइ सचेत रहन आग्रह गरेकी छिन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्