सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

आईजीपीबारे देउवा भन्छन–‘हेर्दै जाउँ को हुन्छ !’

चौथो नम्बरका डिआईजी जयबहादुर चन्दलाई प्रक्रिया विपरीत आईजीपी बनाएको भन्दै सर्बोच्चले सरकारको निर्णय उल्ट्याएको बिषयमा सरकार घटक दल कांग्रेसका सभापति शेरबहादुर देउवाले मुख खोलेका छन । सभापति देउवाले घुमाउरो भाषामा आइजीपी नियुक्ति गर्ने अधिकार सरकारको भएको भन्दै अदालतलाई जवाफ दिएका छन् ।

कांग्रेसको चुनाव लक्षित सभालाई सम्वोधन गर्न बिराटनगरको हाटखोला पुगेका सभापति देउवाले पत्रकारसँग कुरा गर्ने क्रममा आइजीपी प्रकरणबारे आफ्नो भनाई राखेका हुन । आईजीपीमा जयबहादुर चन्दको सरकारी नियुक्तिलाई सर्वोच्च अदालतले रद्द गरिदिएको छ ।

अदालतले नियमानुसार डिआईजी नवराज सिलवाललाई आइजीपी बनाउनुपर्ने गरी आदेश दिए पनि सरकारले यसबारे कुनै निर्णय गरेको छैन । यसबारे पत्रकारले राखेको जिज्ञासामा सभापति देउवाले आइजीपी नियुक्त गर्ने अधिकार सरकारको भएको बताएका थिए ।

अदालतको नाम नलिई देउवाले आईजीपी बनाउने अधिकार सरकारमा रहेको भन्दै यो विवाद चाँडै सरकारले टुङ्याउने बताएका छन । अब फेरि जयबहादुर चन्दलाई आइजीइपी बनाउने हो ? भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा देउवाले भने–‘हेर्दै जाउँ, आईजीपी को हुन्छ !’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS