पुर्वराजाको भोजमा राष्ट्रपति, जनआन्दोलनको संयोग
पूर्वराजा ज्ञानेन्द्र शाहले आज काठमाडौंको होटल सोल्टीमा भव्य भोज दिँदैछन् । भोजमा ज्ञानेन्द्रले नेपाली तथा भारतीय जोगिदेखि नेपालका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री लगायतलाई निम्ता पठाएका छन् ।
राष्ट्रपति विद्या भण्डारी पुर्वराजाको निम्तो मान्न सोल्टी होटल पुगिसकेकी छिन । त्यस्तै महानायक राजेश हमाल, राजेन्द्र महतो लगायत अन्य बिशिष्ट पाहुनाहरु पनि पुर्वराजाको निम्तोमा सहभागी हुन सोल्टी होटल पुगिसकेका छन ।
आफ्ना नाती हृदयेन्द्रको गत चैत १७ गते निर्मल निवासमा व्रतबन्ध गरि शाहले आज पाहुनाहरुलाई सोल्टीमा भोज दिन लागेका हुन् । पुर्व राजा ज्ञानेन्द्रले निम्ताललाई दुई चरणमा भोज व्यवस्था गरेका छन् ।
भोजमा स्वेदेशी तथा विदेशी गरी दुईहजार भन्दा बढी पाहुनाका लागि अर्डर भएको होटल स्रोतले जनाएको छ । पूर्व राजा ज्ञानेन्द्रले निम्तालुहरुलाई पठाएको निम्ता कार्डमा आफूलाई ‘पूर्व श्री ५ महाराजाधिराज’ को हैसियतमा प्रस्तुत गरेका छन् ।
निम्ता पत्रमा भनिएको छ–‘श्री परमेश्वरको अनुकम्पाले पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव तथा पूर्व श्री ५ बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाहबाट हाम्रा चिरञ्जीवी नाति एवम् पूर्व श्री ५ युवराजधिराज पारश वीरविक्रम शाहदेव तथा पूर्व श्री ५ हिमानी राज्यलक्ष्मी देवी शाहका सुपुत्र पूर्व श्री ५ नवयुवराज हृदयन्द्र विरविक्रम शाहदेवको शुभ उपनयनको शुभ उपलक्ष्यमा उपस्थितिको लागि अनुरोध गरिएको छ ।’
भोजमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री प्रचण्ड तथा उपप्रधानमन्त्री र मन्त्रीहरूबाहेक कूटनीतिक नियोगका प्रतिनिधिहरू, नेताहरू, धर्मगुरुहरू, उद्योग वाणिज्य महासङ्घ, च्याम्बर अफ कमर्श र सीएनआईका पदाधिकारी तथा सदस्यहरू लगायतलाई समेत निम्ता गरिएको छ ।
त्यस्तै सन्त महन्थहरू, पत्रकारहरू, मिडिया व्यवसायी, कलाकार, संसदमा प्रतिनिधित्व गर्ने र नगर्ने राजनीतिक दलका नेताहरूलाई पनि भोजमा निम्ता पठाइएको बताइएको छ ।
स्मरण रहोस, आजकै दिन अर्थात ०६२/६३ चैत २४ गतेबाट मुलुकमा जनआन्दोलन सुरु भएको थियो । त्यहि जनआन्दोलनबाट राजा र राजसंस्था फालिएको थियो ।
संयोग नै मान्नुपर्छ, १२ बर्षपछि आजकै दिन तिनै पुर्व राजा ज्ञानेन्द्र शाहले मुलुकका सवै क्षेत्रका मानिसहरुलाई बोलाई पार्टी खुवाउन लागेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्