वैज्ञानिकले पत्ता लाए पृथ्वीजस्तै वायुमण्डलयुक्त ग्रह
वैज्ञानिकहरुले पृथ्वी जस्तै वायुमण्डलयुक्त अर्काे ग्रह पत्ता लागेको दावी गरेका छन् । पृथ्वीको एक चौथाई सानो आकारको जि.जे ११३२ बी नामक सो ग्रह ३९ प्रकाश वर्ष टाढा रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
कालो रङमा देखिएको सुपर अर्थ समेत भनिएको सो ग्रहमा मिथेन वा पानी अथवा दुवैको मिश्रण रहेको बताईएको छ । सुर्यमण्डल भन्दा बाहिर जीवनको खोजमा रहेका वैज्ञानिकका लागि यो एक ठूलो र महत्वपूर्ण उपलब्धी भएको बताइएको छ ।
३ सय ७० सेन्टिग्रेड तापक्रम रहेको सो ग्रह पृथ्वीमा बस्नेका लागि भने योग्य नरहेको प्रतिवेदनमा जनाईएको छ । १ सय २० सेन्टिग्रेड तापक्रम सम्म जीव बाँच्न सक्दछ ।
भेला नक्षत्रको उत्तरी गोलार्धमा रहेको ग्रहले सुर्य भन्दा सानो र तापक्रममा पनि कम रहेको ताराको परिक्रमा गर्ने अध्ययनले देखाएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्