ईपिएसमार्फत कोरीया गएका युवाको अचानक मृत्यु
दक्षिण कोरियामा इपिएसमार्फत काम गर्न गएका एक नेपाली कामदारको सुतेकै अवस्थामा सोमबार विहान अचानक मृत्यु भएको नेपाली राजदूताबासले जनाएको छ । झल्ला नाम्दो ह्वासुनस्थित एक फलाम सम्बन्धी कम्पनीमा काम गर्दै आएका सुनसरीका चुडाराज आलेको निधन भएको श्रम सहचारी देवराज ढकालले जानकारी दिएका छन ।
सन् २०१५ मा कोरिया गएका २४ बर्षीय आले विहान ढिलासम्म नउठेपछि कम्पनीका मानिस बोलाउन जाँदा मृत भेटिएका थिए । हाल उनको शब कोरियन प्रहरीले अस्पतालमा पुर्याएको छ । सो कम्पनीमा काम गर्ने २ जना नेपाली मध्ये एक जना नेपाल गएकाले मृतक आले एक्लै रहेका थिए ।
दुई साता अघि मात्रै एक नेपाली युवा कामदारको सुतेकै आवस्थामा मृत्यु भएको थियो । यो फेरी त्यस्तै घटना दोहोरिएको छ । गत वर्ष पनि यही मौसममा २ जना कामदारको सुतेकै अवस्थामा मृत्यु भएको स्मरण गर्दै विशेषज्ञको टोली बनाइ यस्तो घट्नाको कारण पत्ता लगाउन आवश्यक रहेको श्रम सहचारी ढकालले बताएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्