प्रकाश अर्याल आईजीपी भएपछी के भने जयबहादुरले ?
आईजीपीको नियुक्ती पाएर पनि फुली लाउन नपाएका डिआइजी जयबहादुर चन्दले प्रकाश अर्याललाई आइजीपी बनाउने सरकारी निर्णयको स्वागत गरेका छन् । डिआइजी चन्दले सरकारले गरेको निर्णयमा आफ्नो नकरात्मक प्रतिक्रिया केही नभएको बताएका छन ।
सरकारले आइजीपी नियुक्त गरिसकेको व्यक्ति फेरि डिआइजीमै बसेर प्रहरी सेवामा रहन्छन् कि नैतिकताको हिसावले राजीनामा दिन्छन् भन्ने अन्यौल जनमानसमा रहिरहेका बेला उनले सरकारी निर्णयको स्वागत गरेका हुन् ।
यसअघि सरकारले गत माघ २९ गते चन्दलाई आइजीपीमा नियुक्त गरेको थियो । चन्दलाई आइजीपी नियुक्त गर्ने सरकारी निर्णय सर्बोच्चले बदर गरेपछि उनले आइजीपीको फुली लाउन नपाएका हुन ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्