किन गरे नरेन्द्र मोदीले अकस्मात प्रचण्डलाई फोन ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन फोन गरी आगामी निर्वाचनबारे चासो ब्यक्त गरेका छन् । दाहालसँगको टेलिफोन वार्तामा मोदीले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सम्पन्न गर्न भारत सरकारको सहयोग रहने बताएका छन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरी नेपाल सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनको सफलताको शुभकामना दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
मोदीले सबै राजनीतिक शक्तिलाई मिलाएर निर्वाचनमा जानु प्रधानमन्त्री दाहालको सफलता भएको बताउँदै निर्वाचन सम्पन्न गर्न भारत सरकारको पूर्ण सहयोग र सद्भाव रहने बताएको पनि सचिवालयले जनाएको छ ।
टेलिफोन बार्तामा प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनमा सहयोग रहने भारतीय समकक्षी मोदीको भनाईका लागि धन्यवाद दिँदै नेपाल सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयन गर्ने जानकारी दिएका थिए ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्