सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

स्थानीय चुनावमा भारतीयले भोट हाल्न पाउने ?

विभिन्न समयमा नेपालका सम्वन्धमा भ्रामक समाचार फैलाउदै आएका भारतीय मिडियाले यसपटक पनि नेपालको बारेमा गलत र कपोल्कल्पित समाचार सम्प्रेषण गरेका छन् । नेपालमा वैशाख ३१ गते हुन लागेको स्थानीय निर्वाचनको बिषयालाई लिएर यस्तो खालको समाचार प्रकाशन भएको हो ।

समाचारमा नेपालमा हुन लागेको स्थानीय निर्वाचनमा भारतीय नागरिकले मतदान अधिकार पाउने दाबी गरेका छन् । सुरुमा समाचार प्रकासीत गर्दा भोट हाल्न पाउने भनेर दावी नै गरिएको थियो तर बिहिबार साँझ ५ः५१ बजे त्यसलाई सच्याएर यसै बर्ष भोट हाल्न पाउन सक्ने भन्ने बनाईएको थियो ।

मधेसी मोर्चा र सरकारसँग वैशाख १० गते भएको सम्झौतालाई उद्धत गर्दै भारतीय मिडिया सिएनएन न्युज१८को अनलाइनले संविधान संशोधनपछि भारतको बिहार र उत्तर प्रदेशका भारतीय नागरिकले नेपालमा वैशाख ३१ मा हुने स्थानीय निर्वाचनमा पहिलोपटक मतदान गर्न पाउने दाबी गरेको हो ।

समाचारमा सात महिना लामो तराई केन्द्रित दलको आन्दोलनपछि नेपाल सरकारले संविधान संशोधन गरी भारतीयलाई मताधिकार दिने तयारी गरेको भनि उल्लेख गरिएको छ । समाचारमा यो विषय नेपालको मन्त्रिपरिषदबाट पारित समेत भइसकेको दाबी गरिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्