सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अमेरिकी चेतावनीको जवाफमा कोरीयाको मिसाईल

उत्तर कोरियाले ब्यालेस्टिक मिसाइलको परीक्षण गरेको छ । दक्षिण कोरियाको सेनाले योनहैप समाचार सेवालाई यो जानकारी दिएको छ । दक्षिण कोरियाको सेनाको भनाई छ कि, मिसाइल छाडेको केही बेरमा फाटेको छ ।

समाचार एजेन्सी रोयर्टसले अमेरिकी सरकारको एक सूत्रलाई हवाला दिँदै परीक्षण असफल रहेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटमा भनेका छन, उत्तर कोरियाको परीक्षण आफ्नो मुख्य सहयोगी चीनप्रति असम्मान दर्शाउँछ ।

दक्षिण कोरियाको सेनाका अनुसार मिसाइल राजधानी प्योङयाङको उत्तरस्थित प्योनगान प्रान्तमा स्थानीय समय अनुसार शनिवार बिहानै लंच गरिएको थियो । मिसाइलका बारेमा अरु धेरै जानकारी प्राप्त भएको छैन । अहिलेसम्म उत्तर कोरियाले यस विषयमा केही भनेको छैन् ।

अमेरिकी विदेश मन्त्रीले विश्वका अन्य मुलुकसँग उत्तर कोरियामाथि उसको परमाणु कार्यक्रम रोक्न दबाव बढाउन आव्हान गरेको केही घण्टामा उत्तर कोरियाले मिसाइल परीक्षण गरेको हो ।

दक्षिण कोरिया र उत्तर कोरियामा ठूला–ठूला सैन्य अभ्यासपछि कोरियाली प्रायदीपमा तनाव बढिरहेको छ । करिव एक साता पहिला उत्तर कोरियाले गरेको मिसाइल परीक्षण असफल भएको थियो । अमेरिकी सेनाका अनुसार उत्तर कोरियाले मिसाइल लंच गरेको केही सेकेन्डमा फाटेको थियो ।

बुधवार अमेरिकाले दक्षिण कोरियामा बहुतै उन्नत मिसाइल रक्षा प्रणाली राखेको थियो । द टर्मिनल हाइ एल्टीच्यूट एरिया डिफेन्स प्रणालीले कम र मध्यम दुरीको ब्यालेस्टिक मिसाइललाई हावामा नष्ट गरिदिन्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्