सिन्दुर हालेको तीन घण्टामै सम्बन्धबिच्छेद
सामान्यतया विवाहपछि प्रायः जोडीको रमाइलो दाम्पत्य जीवन सुरु हुन्छ । तर, भारतका एक दुलाहालाई भने नवदुलहीले तीन घन्टामा नै सम्बन्धविच्छेद गरिदिएकी छन् । ‘लोभी’ दुलाहाले धेरै दाइजो मागेपछि सिन्दुर हालेको तीन घन्टामै दुलहीले सम्बन्धविच्छेद गरेर अर्को पुरुषसँग विवाह गरेकी हुन् ।
दाइजोको विषयलाई लिएर बेहुली पक्षले दुलाहाको आधा कपाल मुन्डन गरी जुत्ताको माला लगाइदिएका थिए । बेहुलीका बाबु बसिर पर्भिनले बेहुलाका लागि जसोतसो मोटरसाइकल जुटाएका थिए । तर, मुन्तज त्यतिमै सन्तुष्ट देखिएनन् । र, नयाँ मोडलको बाइक डिमान्ड गरे ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्