महाअभियोग असन्तुष्टि; गृहमन्त्री निधिद्धारा राजीनामा
गृहमन्त्री विमलेन्द्र निधिले अकस्मात पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाएको विषयमा असन्तुष्टि जनाउँदै मन्त्री निधिले राजीनामा दिएको स्रोतले बताएको छ ।
तर, मन्त्री निधिले महाअभियोग प्रकरणका कारणले भन्दा पनि आफ्नै पाटीभित्रको अन्तरविरोधका कारण राजीनामा दिएको प्रधानमन्त्री कार्यालय स्रोतको दाबी छ ।
राजीनामा दिनुअघि मन्त्री निधिले मुख्य सचिव सोमलाल सुवेदीलाई राजीनामाको प्रक्रियाबारे सोधेका थिए । त्यसपछि मन्त्री निधिले प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरी आफूले राजीनामा दिन लागेको जानकारी दिएका थिए ।
प्रधानमन्त्रीले राजीनामा दिनेबारे नसोच्न आग्रह गर्दा आफूले राजीनामा पठाइसकेको निधिले प्रधानमन्त्रीलाई जवाफ दिएका थिए । मन्त्री निधिले महाअभियोग प्रस्तावबारे आफूलाई पूर्वजानकारी नदिइएको भन्दै गुनासो गरेका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्