सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सुडान घोटालामा तीन पुर्वआईजीपीलाई जेल सजाय

सर्वोच्च अदालतले सुडान घोटाला काण्डमा नेपाल प्रहरीका तीन पुर्व आईजीपीलाई जेल सजाय सुनाएको छ । संसदमा महाअभियोग प्रस्ताव दर्ता भएकै दिन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले सुडान काण्डमा फैसला सुनाएको हो ।

सर्वोच्चले विशेष अदालतको फैसला उल्टाउँदै पूर्व प्रहरी प्रमुख ओमविक्रम राणा, रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई दोषी ठहर गरेको हो ।

पूर्व प्रहरी प्रमुख ओमविक्रम राणालाई २ वर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनाइएको छ । अर्का पूर्व प्रहरी प्रमुखद्वय रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई जनही एक वर्ष कैद र ४० हजार जरिवानाको फैसला भएको छ ।

यस्तै श्याम सिंह थापा र दिपक सिंह थाङ्देनलाई जनही एक वर्ष कैद र ४० हजार जरिवाना तथा दिपककुमार श्रेष्ठ र रविप्रताप राणालाई जनही ६ महिना कैद र ३० हजार जरिवानाको सजाय सुनाइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्