सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

राप्रपाको आकस्मिक बैठक, सरकार छाड्ने संकेत

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग दर्ता भएपछी सत्ता गठबन्धन दल राप्रपाले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । यो बैठकबाट राप्रपाले सरकार छाड्ने कि नछाड्ने भन्नेबारे निर्णय गर्नेछ ।

सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि राप्रपा असन्तुष्ट बनेको छ ।

महाअभियोगबारे प्रतिक्रिया दिँदै राप्रपा अध्यक्ष तथा उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाले महाअभियोग आपत्तिजनक भएको बताएका छन् ।

थापाले ट्वीट गर्दै भनेका छन, ‘प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध कांग्रेस–माओवादीले महाअभियोग दर्ता गर्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण ।’

यसबारे थप छलफल गर्न भोलि विहान ११ बजे आकस्मिक बैठक बोलाइएको छ । यो बैठकले सरकार छाड्ने निर्णय गर्ने सम्भावना रहेको एक नेताले बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS