महाअभियोग अधिनायकवादी शासनको पुर्वअभ्यास
सत्तारुढ दल माओवादी केन्द्र र काँग्रेसले प्रधानन्यायाधीश सुशिला कार्कीमाथि लगाएको महाभियोग प्रस्तावलाई एमालेले अधिनायकवादी शासनको पुर्वअभ्यास भएको आरोप लगाएको छ । आज काँग्रेस र माओवादी केन्द्रले प्रधानन्यायधिश कार्कीमाथि विभिन्न आरोप लगाउँदै संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका छन ।
एमाले सचिव योगेश भट्टराईले भने– प्रधानन्यायधिश सुशिला कार्कीमाथि महाअभियोग लगाएर काँग्रेस र माओवादीले अधिनायकवादी शासनको अभ्यास गरेका छन् ।’
व्यवसायीक क्षमता भएकी, कर्तव्यप्रति जिम्मेवारीपूर्ण क्षमता भएकी प्रधानन्यायाधिश कार्कीमाथि महाअभियोग लगाएर काँग्रेस र माओवादी केन्द्रले सिंगो नेपाली महिलालाई अपमान गरेको समेत सचिव भट्टराईले आरोप लगाएका छन ।
एकजना देशभक्त नारीमाथि महाअभियोग लगाएर काँग्रेस र माओवादी केन्द्रले ठूलो गल्ती गरेको उनले आरोप लगाएका छन । भट्टराईले भने, ‘हरेक पार्टीमा लोकतन्त्रवादीहरु छन, सबैले यसको डटेर सामना गर्नुपर्छ । यो अमुक व्यक्तिको सवाल मात्र होइन ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्