सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रधानमन्त्री दाहाल संसद बिघटनको तयारीमा

सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रमा संसद विघठनको छलफल सुरु भएको छ । प्रधानपमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा संसद विघठनको छलफल भइरहेको स्रोतले बताएको छ ।

राजनीति परिस्थिति माओवादी केन्द्रको नियन्त्रणभन्दा बाहिर जान लागेको भन्दै प्रधानमन्त्रीले संसद विघटन गर्दा के हुन्छ ? भनेर छलफल अघि बढाएका छन् । स्थानिय चुनाव हुन नसक्ने पक्का भएपछि संसद विघटन गरेर अगाडी बढ्ने उनको तयारी छ ।

संसद विघटन गर्ने, स्थानिय चुनाव पछि सार्ने र ६ महिनापछि कात्तिकमा संसद र स्थानिय चुनाव एकैपटक गराउनेमा छलफल भइरहेको एक नेताले दावी गरेका छन ।

प्रधानमन्त्रीलाई संसद बिघटन गरि निर्वाचन गराउने अधिकार पनि हुन्छ । २०४६ साल पछिका सबै संसद समय नपुग्दै बिचैमा विघटन भई मध्यावधि निर्वाचन भएको इतिहास छ । २०५९ जेठ ८ गते शेरबहादुर देउवाको शिफारिसमा राजाबाट २०४७ को संबिधानको धारा ५३ को उपधारा ४ बमोजिम संसद विघटन भएको थियो ।

स्थानिय चुनाव हुने आधार कमजोर भएको, संसोधन प्रस्ताव पारित हुने सम्भावना नदेखिएको, राप्रपाले सरकार छाड्ने, महाअभियोग प्रस्तावको विपक्षमा माहोल बनेको लगायतका कारणलाई संसद विघटनको आधार बनाइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्